१० वर्षमा १० वटा बच्चा, अझै जन्माउने तयारी


१० वर्षमा १० वटा बच्चा, अझै जन्माउने तयारी

दुनियाँमा आज महंगाइका कारण एक बच्चालाइ पालन पाेषण र शिक्षाकाे खर्च पुर्याउन कठिन भैरहेकाे छ । कुनै कुनै देशमा १ या २ बच्चाभन्दा बढी जन्माउन नपाउने नियम छ । जापानजस्ताे देशमा महंगीका कारण मानिसहरू विवाह नै गर्दैनन् । यस्ताे माहाेलमा अमेरिकाकी एक महिला काेर्टन राेजर्स भने १२ वर्षमा १२ बच्चालाइ जन्म दिने संकल्प लिएर अघि बढेकी छन् । ३६ वर्षकी राेजर्सका अहिलेसम्म १० वटा बच्चा छन् । याे नाेभेम्बरमा उनी ११ औँ बचालाइ जन्म दिँदैछिन् ।

उनी भन्छिन् कि पति पत्नीसहिन उनलाइ १४ जनाकाे परिवार चाहिएकाे छ । तर याे सबै निर्णय मजाक मजाकमै भएकाे उनकाे भनाइ छ । उनका अनुसार विवाहभन्दा पहिले उनका पति क्रिस राेजर्सले उनलाइ भनेका थिए कि उनकी आमाका १० बच्चा छन् । हाम्राे परिवार धेरै ठूलाे छ । के तिमी पनि यति नै बच्चाकी आमा बन्न सक्छाै ? त्यतिबेला काेर्टन राेजर्सले पनि मजाकमा नै क्रिसलाइ तिम्राे परिवारकाे भन्दा २ बढी बच्चा जन्माएर देखाउँछु भनेकि थिइन् ।

पहिलाे पटक गर्भपतन भएपनि उनीले २०१० मा पहिलाे बच्चालाइ जन्म दिएकि थिइन् । आश्चर्य त याे छ कि १० वर्षमा उनी सिर्फ ९ महिनामात्र बिना गर्भकी रहिन् ।

उनका अहिले जुम्ल्याहा बच्चासहित ५ जना छाेरा ४ जना छाेरी छन् । अर्काे आश्चर्यकाे कुराे याे छ कि उनका सबै छाेरा छाेरीकाे नाम अंग्रेजी अक्षर सी बाट सुरू हुन्छ। उनका छाेराछाेरीकाे नाम क्लिंट, क्ले, केड, कैली, कैश, कोल्ट, केस, कलीना, केड्यू र काेल रहेकाे छ ।

काेर्टन राेजर्स अहिले ११ औँ  चाेटी गर्भवति भएकी छिन् र उनी अहिले एकदम स्वस्थ महसुस गरिरहेकी छिन् । उनका अनुसार उनी याे बच्चालाइ जन्म दिन एकदम आतुर छिन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...