नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे संख्या दिनानुदिन बढ्दाे छ । थाेरै लगानीमा राम्राे प्रतिफल पाउने आशामा लगानीकर्ताहरू याे व्यवसायमा लागि परेकाे देखिन्छ । कम्पनीहरूकाे प्राथमिक शेयर निष्कासन हुने क्रम बढेसँगै लगानीकर्ताहरू पनि हाैसलाका साथ लगानी गर्न उत्सुक देखिन्छन् । पुराना लगानीकर्ताहरूकाे सफलताकाे कथा पढेर हाेस अथवा बजार विश्लेषण गर्ने सामर्थ्यका कारण अहिले नेपाली शेयर मार्केट उकालाे लाग्ने क्रममा देखिएकाे छ । दिनानुदिन शेयर मार्केट सुधारिँदै गरेकाे अवस्थामा लगानीकर्ताहरू झन उत्साहित देखिनु नाैलाे कुरा हाेइन।
शेयर बजारमा बढ्दाे लगानीकर्ताहरूकाे संख्या,मार्केट भ्यालु र काराेबारकाे अनुपातमा लगानीकर्ताहरूकाे मनाेविज्ञान भने जहिले पनि शेयरमा पैसा डुब्छ कि भन्ने नै हुन्छ। काेही लहैलहैमा लागेर लगानी गर्नेहरू तथा पैसा तह लगाउने हरूकाे जमात पनि शेयर बजारतर्फ आकर्षित भैरहेकाे अवस्थामा हामीले लगानीकर्ताहरूले के गर्दा पैसा डुब्छ र के गर्दा डुब्दैन भनेर जानकारीमूलक तथ्य प्रस्तुत गर्ने जमर्काे गरेका छाैँ ।
शेयर बजारमा लगानीकर्ताहरूले गर्नै नहुने मुख्य १० गल्तीहरू यसप्रकार छन्
१) तपाइँ आफैँले अध्ययन विश्लेषण र स्वनिर्णय गर्न नसक्नु ,स्वार्थ समूहकाे हल्लाकाे पछि लाग्नु
२) ऋणात्मक अवस्थामा रहेका कम्पनीहरूमा लगानी गर्नु
३) लाभांश वितरण नगर्ने कम्पनीहरूमा लगानी गर्नु
४) विवादित छवि भएका कम्पनीहरूमा लगानि गर्नु
५) हकप्रद शेयरहरूमा लगानी गर्नु
६) आफूसँग भएकाे कम्पनीकाे एफ पिओ निष्कासन हुने बेलामा दाेश्राे बजारबाट साधारण शेयर खरीद गर्नु
७) नेगेटिभ सर्किटकाे हल्लामा लाग्नु
८) ठूला खेलाडीहरू भएकाे कम्पनीमा शेयर हाेल्ड गरेर राख्न्रु
९) आफ्नाे जाेखिम बहन गर्ने सक्ने क्षमता भन्दा बढी लगानी गर्नु
१०) धीरता नहुनु
शेयर बजारमा घाटा बेहाेरेर टाट पल्टिएका घटनाहरू हामीले दिनानुदिन देख्दै पढ्दै , सुन्दै आएका छाैँ । कम्पनीहरूकाे राम्राे विश्लेषण नगर्ने , कम्पनीकाे विगत र वर्तमान अवस्थाकाे तुलना नगर्नेजस्ता कार्यहरूका साथै ऋण काढेर ल्याएकाे पैसा लगातार नेगेटिभ नेट वर्थ भएका कम्पनीहरूमा लगानी गर्नेजस्ता गल्तीहरूले लगानीकर्ताहरू डुब्ने गरेकाे पाइन्छ ।
शेयर बजार सम्भावनाकाे खेल हाे तर खेल्न जानेमा मात्र । अन्य खेल सरह यसमा पनि निश्चित समयावधि हुन्छ । तपाइँले त्याे समयमा कत्तिकाे राम्राे प्रदर्शन गर्न सक्नुभयाे त्यही अनुसार तपाइँकाे नाफा र घाटा निर्धारण हुन्छ ।
नेपाली बजारमा अधिकांश लगानीकर्ताहरू सामाजिक सञ्जालका अनावश्यक हल्लाकाे पछि लाग्ने र स्वार्थकेन्द्रित व्यक्ति तथा समूहकाे लहैलहैमा लाग्ने गरेकाे पाइन्छ ।
त्यसैले आफूले आफ्नाेलागि निर्णय गर्न सक्नुपर्छ र अध्ययन तथा विश्लेषण गरि लगानी गर्न सकियाे भने पक्कैपनि शेयर बजारबाट मनग्गे आम्दानी गर्न सकिन्छ ।