http://bit.ly/bajajdurbartimes

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर आफैंलाई सिध्याउँछु’ भन्ने पक्राउ


१०० मा फोन गरी ‘ठूलो अपराध गरेर आफैंलाई सिध्याउँछु’ भन्ने पक्राउ

काठमाण्डौ | प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ परेका छन्।

प्रहरीले ललितपुर महानगरपालिका-४ कमलपोखरीबाट एक पुरूषलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुरको कमलपोखरी बस्ने ३८ वर्षीय पुरूष छन्। फोन आएपछि महानगरीय प्रहरी प्रभागबाट खटिएको इन्स्पेक्टर विजय तिमिल्सिनाको टोलीले उनलाई कमलपोखरीबाटै पक्राउ गरेको हो।

ती पुरूषले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गरी भनेको कुरा एसपी महर्जनले उदृत गर्दै भने,’म ठूलो क्राइम गर्छु अनि पछि आफैंलाई पनि सिध्याउँछु।’ उनले भने,‘हामीलाई खबर आउनबित्तिकै प्रभागबाट प्रहरी खटिएर ४० मिनेट भित्रमा उनलाई पक्राउ गरेको हो,’परिसरबाट प्राविधिक सहयोग गर्‍यौं।’

ती पुरूषले कन्ट्रोलमा साँझ सवा ४ बजे फोन गरेका थिए। उनलाई प्रहरीको टोलीले पौने ५ बजे सम्ममा पक्राउ गरिसकेको हो। अहिले उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा राखिएको छ।

घर बनाउने ठेकेदारभएको र आर्थिक समस्या रहेकोले आज रक्सी खाएको तालमा त्यस्तो गरेको रहेछ भन्दै एसपी महर्जनले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार उनको अर्का ठेकेदार र घरबेटीबीच विवाद भएको थियो। विवाद भएपछि रिसमा उनले हत्या गर्ने र आफैं पनि आत्महत्या गर्ने भन्दै फोन गरेका थिए।

‘घर बनाउने काम समयमा सकाउन नसकेपछि घरबेटीले अर्को ठेकेदारलाई काम दियो,’उनले भने,’त्यसपछि उसले मापसे गरी रिसमा घरबेटी र ठेकेदारलाई मार्छु भनेछन्।’

उनीमाथि थप अनुसन्धान भइरहेको छ।


1

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

2

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

3

हिन्दी अन्तर्वार्ता

4

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

5

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

6

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा


Share Tweet Send