१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा


१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन् । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम हुन् ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए ।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ । उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ ।

छोरी जन्मँदा बुवाको उमेर ७४ हप्तासम्म बढ्ने
छोरीहरुले यो संसारमा जति खुसी निम्त्याउँछन्, उनीहरुले आफ्नो पिताको आयु बढाउन समेत भूमिका खेलेका हुन्छन् । यो कुरा भावना बगेर भनिएको कुरा होइन, अनुसन्धानको निष्कर्ष हो । एक अनुसन्धानका अनुसार छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्छन् । सन्तान जन्मिँदा बुवामा कस्तो असर पर्छ भन्ने विषयमा खासै …
कोरोना कालमा भिटामिन ‘डी’को अभाव : यी खानेकुराबाट गर्न सकिन्छ परिपूर्ति
अहिले नेपालका सहरी क्षेत्रमा भिटामिन ‘डी’ को माग ह्वात्तै बढेको छ। जसले अभाव समेत देखिन थालेको छ। कोरोना भाइरस संक्रमित व्यक्ति र घरभित्रै आइसोलेसनमा रहेका व्यक्तिलाई भिटामिन ‘डी’ को कमी हुने भन्दै चिकित्सकले सिफारिस गरेपछि यसको माग बढेको हो। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको प्रकाश हो। विज्ञहरू…
काटेको राँगाको पेटमा बच्चा हाल्ने “रैथाने उपचार बिधी”
रुकुम पुर्व- नेपालका प्राय: धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरु आ-आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार पद्दती जसलाई रुकुम पुर्वमा पनि स्थानीय वासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेका छन् । झट्ट सुन्दा धेरैलाई यो उपचार पद्दती अनौठो लागेपनि रुकुम पुर्वमा भने सामान्य र नियमित जस्तै…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...