http://bit.ly/bajajdurbartimes

विश्‍व कीर्तिमान राख्न सफल १२ हजार ६३८ हीरा जडान औंठी


विश्‍व कीर्तिमान राख्न सफल १२ हजार ६३८ हीरा जडान औंठी

सीएनएन । एउटा औंठीमा कतिवटासम्म हीरा जडान गर्न सकिन्छ होला ? यसको जवाफ गिनिज बुकमा नयाँ विश्‍व कीर्तिमान (रेकर्ड) राखेको भारतमा निर्मित औंठीले दिएको छ, जसमा १२ हजार ६३८ हीरा जडान गरिएको छ । भारतको मिरुतस्थित रेनानी ज्वैलर्सका संस्थापक हर्षित वंशलले यसको अति आकर्षक डिजाइन सार्वजानिक गरेका हुन् ।

सयपत्री फूलमा आधारित भएकाले यो औंठीको नाम, ‘मेरी गोल्ड’ राखिएको छ र यसलाई समृद्धिको औँठी पनि भनिएको छ । यसमा ३८.०८ क्यारेट प्राकृतिक हीरा जडान गरिएको गिनिजले जनाएको छ । यसको तौलचाहिँ १६५ ग्रामभन्दा केही धेरै छ ।

यसअघि सात हजार हीरा जडित औंठीले गिनिज रेकर्ड राखेको थियो जुन भारतमै निर्माण भएको थियो । वंशलले गिनिजलाई बताएअनुसार पहिलोपटक २०१८ मा गरगहनाको डिजाइनबारे अध्ययन गर्दै गर्दा उनी सो रेकर्ड तोड्न प्रेरित भएका थिए र त्यसको दुई वर्षपछि नै उनको कम्पनीले यो नयाँ औंठी तयार गरी विश्‍व रेकर्ड राख्‍न सफल भएको हो ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send