प्रभु लाइफ इन्स्याेरेन्सकाे शेयर दाेस्राे बजारमा काराेबार भैरहेकाे छ । तर याे कम्पनीकाे बजारमूल्यमा ब्यापक चलखेल भएकाे भन्दै लगानीकर्ताहरू शेयर बेच्न तत्पर छैनन् । दैनिक जसाे लाखाैँकाे संख्यामा शेयर किन्नेहरूले आवेदन दिएपनि बेच्ने लगानीकर्ताहरू नहुँदा नगन्य मात्रामा प्रभु इन्स्याेरेन्सकाे शेयर काराेबार भैरहेकाे छ ।
मंगलबार पनि २ बजेसम्म करिब १३ लाख ६८ हजार कित्ताकाे माग भएपनि बेच्न चाहने लगानीकर्ताहरूकाे संख्या भने शून्य देखिएकाे छ । हिजाे पनि थाेरैमात्र बिक्री भएकाे याे शेयरकाे हाल बजार मूल्य २४७ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
ठूला लगानीकर्ताहरूकाे चलखेलमा प्रभू लाइफकाे शेयर परेकाे भन्दै साना लगानीकर्ताहरू बेच्न तयार भएका छैनन्। लगानीकर्ताहरूकाे ध्यान इन्स्याेरेन्स कम्पनीतर्फ ज्यादा गैरहेकाे बेलामा प्रभु लाइफकाे बजारमूल्यमा भएकाे चलखेलबाट लगानीकर्ताहरू थप निराश भएका छन् ।