durbar-times

विदेश जान लागेका १३६ जनालाई विमानस्थलबाट फर्काइयो, कारण के ?


विदेश जान लागेका १३६ जनालाई विमानस्थलबाट फर्काइयो, कारण के ?

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा अध्यागमन विभागले १३६ जनालाई विमानस्थलबाट फर्काएको छ ।

बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले जानकारी दिए ।

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेको भन्ने सूचनापछि अध्यागमन विभागले उनीहरुलाई फर्काएको हो । यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेका छन् । फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेका छन् ।

नक्कली पीसीआर रिपोर्ट दिएको आशंकामा प्रहरीले सूरिया ल्याबमा छापा हानेको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send