durbar-times

पीएसजीले १४औं पटक जित्यो फ्रेन्च कपको उपाधि


पीएसजीले १४औं पटक जित्यो फ्रेन्च कपको उपाधि

बुधबार राति सम्पन्न फ्रेन्च कप फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले उपाधि जितेको छ।

स्टेट डि फ्रान्स रंगशालामा सम्पन्न फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलअन्तरले हराएको हो।

पीएसजीको जितका लागि पहिलो हाफमा माउरो इकार्डी र दोस्रो हाफमा केलियन एम्बप्पेले गोल गरेका थिए।

खेलको १९औं मिनेटमा माउरो इकार्डी गोल गरेका थिए। यो गोलसँगै खेललाई नियन्त्रण गरेका पीएसजीले ५६ प्रतिशत पोसेसन राखेको थियो।

खेल अवधिभर सात प्रहार गरेको पीएसजीको ८१औं मिनेटमा केलियन एम्बप्पेले दोश्रो गोल गर्न सफल भएका थिए।

यससँगै पीएसजीले १४औं पटक फ्रेन्च कपको उपाधि जितेको छ। फ्रान्सको प्रतिष्ठित कप पीएसजीपछि सर्वाधिक विजेता मार्सेल्ली बनेको छ। एसले १० पटक जितेको छ भने सेन्ट इटिएन र लिल्लले समान ६ पटक जितेका छन्।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send