durbar-times

१६ गतेदेखि निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन् ?


१६ गतेदेखि निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन् ?

कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। सोमबार बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
 
गृह मन्त्रालय स्रोतका अनुसार १६ गतेदेखि लागू हुने निषेधाज्ञामा काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिएपनि एम्बुलेन्स, शव वाहन, दमकल, प्रेसलगायतका गाडी चल्न पाउने भएका छन् ।

उपत्यकामा अत्यावश्यक कामबाहेक हिँडडुलमा कडाइ गर्ने निर्णय गरिएपनि खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।

यस्तै होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने, सरकारी कार्यालय खुल्ने, बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send