durbar-times

पश्चिम बङ्गाल हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे


पश्चिम बङ्गाल हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे

भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ ।

गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएकाे छ । ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ । बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ ।

दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।

आज मात्रै शपथ लिएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाएकी छिन्  ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send