मोरङका एक किसानले खेत खन्ने क्रममा जमिनमुनि गाडिएको ठूलो मात्रामा गोली फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका-१ लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतमा १ सय ८५ राउण्ड गोली फेला परेको हो ।
लिम्बुले बुधबार बिहान खेत खन्ने क्रममा एउटा पोको फेला परेको थियो । पोको खोलेर हेर्दा ठूलो मात्रामा गोली देखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
पछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुको खेतमा फेला परेको गोली बरामद गरेको थियो ।
बरामद गोली ७.६२ एमएमको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
खेतबाट गोली बरामद भएको विषय थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।