durbar-times

दुई कम्पनीको शेयरमूल्य बढेर सर्किट ब्रेकर, इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार


दुई कम्पनीको शेयरमूल्य बढेर सर्किट ब्रेकर, इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

काठमाडौं | सोमवार कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । नेफ्रिाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सोमबार पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । १२:४० सम्‍ममा बैंकको २६ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको सेयरमूल्य ६६० रुपैयाँमा कारोबार भएको छ।

पहिलो कारोबार शुरु भएकै दिनदेखि निफ्राको शेयरमा हरेकदिन जसो सकारात्मक सर्किट लाग्दै आएको थियो ।


1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send