https://ntc.net.np/

चरेशसहित २ जना पक्राउ


चरेशसहित २ जना पक्राउ

कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् ।

पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ । चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send