Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

२ वर्षीया छोरीको हत्या गरेर बुबा प्रहरीमा पुगेर आत्मासमर्पण


२ वर्षीया छोरीको हत्या गरेर बुबा प्रहरीमा पुगेर आत्मासमर्पण

काठमाडौं | दुई वर्षीया छोरीको हत्या गरेको भन्दै एक बुबा प्रहरीमा पुगेर आत्मासमर्पण गरेका छन्। अर्घाखाँची शितगंगा नगरपालिका २ का २६ वर्षीय सन्तोष घिमिरे छोरीको हत्या गरेको भन्दै प्रहरीमा पुगेका थिए।

'हिजो १२ बजेतिरको कुरा हो। छोरीको हत्या गरेको भन्दै प्रहरी कहाँ आएका थिए। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी माधवकुमार बुढाथोकीले भने। उनले हत्या गरेपछि इलाका प्रहरी कार्यालय ठाडा पुगेर आत्मसमर्पण गरेका थिए।

उनले २ वर्षीय छोरीलाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनकी श्रीमती करिव पाँच महिनादेखि माइतमा बस्दै आएकी छिन्। छोरी पनि मामाघरमा भएको भए पनि केही महिनाअघि उनले त्यहाँबाट ल्याएको अनुसन्धानमा देखिएको छ।

'श्रीमान श्रीमतीको विवाद देखिन्छ। सानी बच्चीलाई केही महिनाअघि मात्र घरमा ल्याएको खुलेको छ,' डीएसपी बुढाथोकीले भने।

अभियुक्त घिमिरेको घरमा उनका बुबाआमा पनि बस्दै आएका छन्। बुबाआमा काम गर्न बाहिर निस्किएको समयमा हत्या गरेको खुलेको छ। तर, हत्याको कारण भने खुल्न सकेको छैन।

1

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

2

साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि

3

ला लिगामा बार्सिलोनाको जित, एट्लेटिको भन्दा २ अंकले मात्र पछि

4

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

5

बागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

6

माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु


Share Tweet Send