http://bit.ly/bajajdurbartimes

२०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६% रहने विश्व बैंककाे प्रक्षेपण


२०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६% रहने विश्व बैंककाे प्रक्षेपण

सन् २०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६% रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले प्रकाशन गरेको ‘ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स’ रिपोर्ट अनुसार पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१–२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५% पुग्नेछ । विश्व बैंकको प्रक्षेपण अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.३% रहनेछ ।

सन् २०२१ मा सबैभन्दा बढी माल्दिभ्सले ९.५% को आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको छ । तर आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको आर्थिक वृद्धिदर भने ९.६% ले खुम्चिने प्रक्षेपण गरिएको छ । सन् २०२१–२२ मा भने भारतको आर्थिक वृद्धिदरमा ५.४% सुधार हुने प्रक्षेपण छ ।

भारतको आर्थिक वृद्धिदर पहिलादेखि नै घट्दोक्रममा रहेको र रोजगारीको अधिकांश हिस्सा ओगटेको अनौपचारिक क्षेत्रमा महामारीको असर अधिक देखिएपछि आर्थिक वृद्धिदर ९.५% ले घट्ने प्रक्षेपण गरिएको हो । यता, सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४% सुधार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

वर्षभर कोरोना विरुद्धको खोप सर्वत्र उपलब्ध हुने अनुमानका आधारमा विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो । सन् २०२० मा विश्व अर्थतन्त्र ४.३% को गिरावटपछि पुनः लयमा फर्केको थियो । सन् २०२१ मा अमेरिकाको अर्थतन्त्रमा ३.५% को सुधार आउने प्रक्षेपण छ । यस्तै, चीनको अथर्तन्त्र पनि सने २०२१ मा ५% ले बढ्ने प्रक्षेपण गरिएको छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send