Information is intelligence
HomeTourismहलहले पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुँदै

हलहले पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुँदै

- Advertisement -spot_img

गल्कोट नगरपालिका–१ दुदिलाभाटीमा रहेको हलहले पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुदैँ गएको छ । संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रलाई अहिले वडा कार्यालय तथा गल्कोट नगरपालिकाले विभिन्न योजनाकासाथ पर्यटकीय गन्तव्य बनाउन लागि परेको छ ।

दुदिलाभाटी प्रवेशद्धार नजिकै काठेखोला गाउँपालिकाको घोडाबाँधे टावर र प्रसिद्ध गाजाको दहसंग पनि सीमा जोडिएको छ । दुदिलाभाटीको उच्च स्थानमा रहेको हलहले र आसपासको क्षेत्र भौगोलिक हिसाबले निकै सुन्दर एवं मनमोहक रहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्र्तगत घोडाबाँधेको भ्यू टावरदेखि करिब १ घण्टाको यात्रापछि पुगिने उक्त ठाउँबाट एक दर्जन बढी हिमशृखलाको अवलोकनकासाथै सुन्दर मनोरम दृश्य, सर्वसिद्धिधाम पञ्चकोटसहित धौलागिरीका अधिकांश क्षेत्रहरु देख्न सकिन्छ । यो स्थल बनभोजका लागि पनि उपयुक्त छ । हलहले क्षेत्रमा एक प्रसिद्ध देवीको मन्दिर रहेको छ । जहा पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने विश्वास समेत गरिन्छ । यस मन्दिरमा समय समयमा पूजा आराधाना हुदैँ आएको छ ।

गल्कोट नगरपालिकाको पूर्वी भेगमा पर्ने हलहलेमा पुग्नका लागि यस बर्ष गल्कोट नगरपालिका–१ दुदिलाभाटीको वडा कार्यालयले बजेट पनि बिनियोजन गरेको छ । अहिले बागलुङ सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुदैँ कच्ची तथा पैदल यात्राबाट यस स्थानमा पुग्न सकिने दुदिलाभाटीका वडा सदस्य पदम कार्कीले बताउनुभयो । यस स्थानमा दुदिलाभाटी, लेखानी लगायतका ठाउँका विद्यालयका विद्यार्थीहरुसँगै संघ संस्था क्लबबाट समेत समय – समयमा बनभोज खानका लागि आउने गर्छन् । रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोल यसको थप विशेषता हो । हलहलेमा पुग्ने पर्यटकहरु यहाँको सौन्दर्यले मोहित हुने गरेको बताउँछन् । केही बर्ष पहिलेसम्म हलहलेमा १०/१२ घरधुरी बसोबास गर्ने गर्थे । सडक, खानेपानी, शिक्षा, स्वास्थ लगायतको समस्याका कारण बसाइसरी यतिबेला एकाध घरधुरी मात्रै बसोबास गर्दै आइरहेका छन् ।

हलहले प्राकृतिकसँगै धार्मिक हिसाबे पनि महत्वपूर्ण छ । यहा फलफूल, तरकारी तथा पशुपालनको सम्भावना पनि बढी रहेको दुदिलभाटीका वडा अध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताए । मोटरबाटो, खानेपानी लगायतका पूर्वाधारलाई ब्यवस्थित गर्न सके हलहले र आसपासको क्षेत्रलाई महत्वपूर्ण प्राकृतिक पर्यटकीय स्थल बनाउन सकिने सरोकारवालाहरु बताउँछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु