Information is intelligence
HomeTourismबन्दीपुरमा पर्यटकलाई एक छाक खाना निःशुल्क

बन्दीपुरमा पर्यटकलाई एक छाक खाना निःशुल्क

- Advertisement -spot_img

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले जिल्लाको पर्यटकीय नगरी बन्दीपुरबाट आफ्नो देश फर्किन नमानेका १२ पर्यटकलाई गाउँपालिकाले एक छाक निःशुल्क खानाको व्यवस्था गरेको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा पारी पर्यटकलाई गाउँपालिकाले होटल व्यवसायी, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर इकाईको समन्वयमा दिनमा एक छाक खाना निःशुल्क खुवाउने व्यवस्था मिलाएको हो।
बन्दीपुरमा रहेका १२ विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएको थियो। तर, कोरोनाको कारण देखाउॅदै उनीहरु बन्दीपुरमै बसिरहेका गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए। ‘२/३ महिना अघि देखिनै भ्रमणका साथै विभिन्न सीप सिक्नका लागि उनीहरु नेपाल आएका रहेछन,’ उनले भने, ‘लामो समयदेखि नेपालमै रहेको र लकडाउकनका कारण पैसाको अभाव हुन सक्ने हुँदा उनीहरुलाई खानाको व्यवस्था गरिएको हो।’

यस्तै, लामो समयदेखि नेपालमा रहेकाले उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले बास र खाना दुबैको निःशुल्क व्यवस्था मिलाउने पहल भइरहेको अध्यक्ष थापाले बताए। गुन्द्रुकलगायत नेपाली खानाका परिकार बनाउन सिक्न आएका कोलाम्बिया र क्यानडाका २ जनालाई होटलले निःशुल्क बसोबास र खानाको व्यवस्था गरिसकेको गाउँपालिकाले जनाएको छ।

हाल बन्दीपुरमा फ्रान्सका ५, बेलायतका २, रसियाका २, चीनका एक, कोलाम्बियाका एक, क्यानडका एक जना गरी १२ पर्यटक छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु