Information is intelligence
HomeUncategorizedलमजुङमा बाहिरी जिल्लाको तरकारी ल्याउन रोक, स्थानीय उत्पादनलाई प्राथमिकता

लमजुङमा बाहिरी जिल्लाको तरकारी ल्याउन रोक, स्थानीय उत्पादनलाई प्राथमिकता

- Advertisement -spot_img

लमजुङ | लमजुङका व्यापारीहरुले बाहिरी जिल्लाको तरकारी आयात तथा बिक्री-वितरण नगर्ने निर्णय गरेका छन्। लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाईको संयोजनमा बेसीशहरका तरकारी तथा फलफूल व्यवसायीहरु विच छलफल गरी यस्तो निर्णय भएको हो।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउन अवधिभर बाहिरी जिल्लाको तरकारी तथा फलफूल आयतमा रोक लगाउने र बिक्री-वितरण नगर्ने निर्णय भएको हो। लकडाउनको अवधीभर जिल्लाभित्रै उत्पादित तरकारी तथा फलफूललाई विशेष प्राथमिकता दिईने व्यवसायीहरुले निर्णय गरेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले जानकारी दिए।

लकडाउनका कारण विशेष गरी सदरमुकाम बेसीशहरमा तरकारीको व्यापार झण्डै ७० प्रतिशत घटेको भन्दै यतिवेला स्थानीय उत्पादनले पनि पर्याप्त हुने व्यवसायीहरुको तर्क छ। अहिले जिल्लाका व्यवसायिक होटलहरु बन्द भएको र सदरमुकाममा भाडामा बस्दै आएका अधिकांश परिवार पनि गाउँ फर्किएकोले तरकारी व्यापार झण्डै ७० प्रतिशतले घटेको छ।

अहिलेको अवस्थामा जिल्लाभित्र पर्याप्त तरकारी नभएपनि जे-जति उत्पादन छ, त्यसमै व्यवस्थापन गर्न सकिने भएकोले जिल्ला बाहिरको तरकारी आयात नगर्ने व्यवसायीहरूले बताएका छन्‌। हाल जिल्लामा उपलब्ध तरकारीहरुलाई संकलन गरी बजार सम्म ल्याउनको लागि स्थानीय तहहरुसँग समन्वय गर्न थालिएको समेत अध्यक्ष थापाले बताए।

जिल्लाको मर्स्याङ्दी गाउँपालिकाले आफ्नो पालिकाभित्र उत्पादन भएको तरकारीलाई संकलन गरी बेसीशहर सम्म ढुवानी समेत गरिदिने प्रतिवद्धता जनाएको अध्यक्ष थापाको भनाई छ। उद्योग बाणिज्य संघले जिल्ला अन्तर्गत सवै इकाईहरुको समन्वय गरी विभिन्न ठाउँमा उत्पादित तरकारीलाई बजारसम्म पुर्‍याउन आवश्यक पहल गरीने अध्यक्ष थापाले बताए। जिल्लामा व्यवसायिक तरकारी उत्पादनको एकिन तथ्याँक समेत नभएको अवस्थामा यो संक्रमण कालिन अवस्थामा गरिएको निर्णयले जिल्लाको व्यवसायिक तरकारी उत्पादनको अवस्था अनुमान गर्न सकिने व्यवसायिहरुको तर्क छ। संक्रमण कालिन अवस्थामा गरिएको अभ्यासले ग्रामीण भेगका कृषकहरुलाई उत्साह थपिनुका साथै दीर्घकालिन रुपमा तरकारीको बजार व्यवस्थापनमा समेत सहज हुने व्यवसायीहरुको विश्वास छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु