Information is intelligence
HomeUncategorizedकैलालीमा सरकारले गहुँ खरिद गर्न सुरु गर्‍यो

कैलालीमा सरकारले गहुँ खरिद गर्न सुरु गर्‍यो

- Advertisement -spot_img

धनगढी — किसानले गहुँको उचित मूल्य पाउन नसकेको बेला  नेपाल खाद्य संस्थानले खरिद गर्न सुरु गरेको छ ।

संस्थानको प्रदेश कार्यालयका प्रमुख अनिल श्रेष्ठले कैलालीमा किसानबाट १० हजार क्‍वीन्टल गहुँ खरिद आइतबारदेखि सुरु गरेको बताए । उनका अनुसार संस्थानले धनगढी उप–महानगरपालिकाको मोहनपुर–गेटा , टिकापुर र सत्तीमा काँटा राखेर गहुँ खरिद गर्न लागेको छ ।

उनले किसानबाट सरकारले निर्धारण गरेको ३ हजार १५ रुपैयाँ प्रति क्‍वीन्टलमा गहुँ खरिद गर्न लागेको जानकरी दिए । यसअघि किसानले व्यापारीलाई २८ देखि २९ सय प्रति क्‍वीन्टल गहुँ बिक्री गर्नु परिरहेको बताएका थिए ।

कैलाली थापापुरका किसान गंगा चौधरीले जिल्लाभर संस्थानले गहुँ खरिद केन्द्र नराख्दा सबै किसान लाभान्वित हुन नसकेको बताए ।

‘कैलालीको धान र गहुँ उत्पादन हुने क्षेत्रमा भजनी, थापापुर जोशीपुर र हसुलिया क्षेत्र पनि मुख्य हुन,’उनले भने,‘अहिले संस्थानले खरिद केन्द्र राखेको छैन।’ उनले यहाँबाट संस्थानको टिकापुर र सत्ती खरिद केन्द्र धेरै टाढा परेको बताए ।

संस्थानका प्रमुख श्रेष्ठले अन्य स्थानमा गोदाम र कर्मचारी अभावमा खरिद केन्द्र खोल्न नसकेको बताए । ‘खरिद केन्द्र राखेको स्थानबाट लक्ष्य बराबरको गहुँ खरिद नभएपछि मात्रै अन्य स्थानमा राख्ने छौ,’ उनले भने,‘लक डाउनमा यो प्रनि प्रशासनको ससर्त अनुमतीमा खरिद केन्द्र खोलेका हौं ।’ उनका अनुसार खरिदकर्ता र बिक्री गर्ने किसानले समाजिक दूरी र माक्सको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने जानकारी दिए ।

संस्थानले न्यून मात्रमा खरिद गर्न लागेकोले पनि किसानको गहुँ व्यापारी र विचौलियाले किन्‍नपुर्ने देखिएको छ । संस्थानले कैलालीको कुल उत्पादनको १ प्रतिशत जति मात्रै खरिद गर्न लागेको हो ।

कृषि ज्ञान केन्द्रका हरि जोशीका अनुसार कैलालीमा ३४ हजार ५ हेक्टर क्षेत्रफलमा लगाएको उत्पादकत्व १ लाख ७ हजार मेट्रिक टनको हाराहारीमा भएको छ ।

सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारसँग भने किसानको गहुँ खरिद गर्ने कुनै योजना रहेको छैन । सुदूरपश्चिम प्रदेशको कैलाली सबैभन्दा बढी धान र गहुँ उत्पादन गर्ने जिल्लामा पर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु