Information is intelligence
HomeBusinessसेरामिक टायल्स उत्पादन स्वदेशमै

सेरामिक टायल्स उत्पादन स्वदेशमै

- Advertisement -spot_img

काठमाडौं : स्वदेशी लगानी र कच्चा पदार्थको प्रयोग गरी नेपालमै सेरामिक टायल्सको उत्पादन हुने भएको छ। हालसम्म नेपालमा सेरामिक टायल्स उत्पादन गर्ने कुनै उद्योग थिएन। बाराको जितपुर-७ मा स्थापना भएको नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी फ्लोर र वाल टायल्स उत्पादन गर्ने तयारी गरेको छ।

यो उद्योगले हालै सरकारबाट मान्यता पाएको छ। कम्पनीका चेयरमेन शम्भुनाथ झाले भने, ‘शतप्रतिशत स्वदेशी लगानी र स्वदेशी कच्चा पदार्थको प्रयोग गरी नेपालमै सेरामिक टायल्स उत्पादन गर्ने पहिलो कम्पनी सञ्चालन गर्नेमा हामी गनिएका छौं।’

झाका अनुसार यो उद्योगमा ६६ करोड २० लाख लगानी गरिएको छ। कम्पनीका आर्थिक सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट  करण बिष्टका अनुसार यसमा करिब ७० प्रतिशत माछापुच्छ«े र सिटिजन बैंकको लगानी छ। ती दुवै बैंकले यसै साता यो कम्पनीलाई ऋण उपलब्ध गराउने सहमति गरेका छन्। झाले इटलीबाट आयात हुने सेरामिकका फ्लोर र वाल टायल्सकै गुणस्तरयुक्त टायल्स उत्पादन गर्ने जनाएको छ।

‘इटलीमा प्रयोग हुने मेसिनरी प्लान्ट नै हामीले भित्र्याउँदै छौं’, झाले भने, ‘त्यही भएर गुणस्तरमा कुनै सम्झौता हुँदैन। हामीले उत्पादन गर्ने टायल्स आयातितभन्दा झण्डै चार सय रुपैयाँ प्रतिकार्टुन सस्तो हुनेछ।’

टायल्स उत्पादन गर्ने प्लान्ट खरिद गरी भित्र्याउन लागिएको रौनियारले बताए। भारतबाट आयात हुने प्रति कार्टुन टायल्सको बजार मूल्य १ हजार २ सयको हाराहारी छ। टायल्स उत्पादनका लागि नेपालकै माटो उपयुक्त रहेको प्रयोगशालाको परीक्षणले देखाएकाले सोही माटो प्रयोग गरी उत्पादन गरिने बताइएको छ। लकडाउनका कारण उक्त मेसिनरी प्लान्ट आउन ढिला भएको बताउँदै उनले ३८ करोडको लगानीमा प्लान्ट ल्याउन लागिएको जानकारी दिए।

उद्योग वार्षिक २ करोड ८२ लाख ६६ हजार स्कवायर फिट टायल्स उत्पादन गर्ने क्षमताको छ। यो उद्योगले एक वर्षपछि फ्लोर टायल्स र केही दिनपछि वाल टायल्स उत्पादन गर्ने योजना बनाएको छ। यसका साथै आगामी वर्षमा शाैचालयमा जडान हुने कमोट पनि उत्पादन गरिने निर्देशक मनोज रौनियारले जानकारी दिए।

उद्योगले नेपालको टायल्सको कुल बजारमध्ये सुरुआति समयमा २० प्रतिशत र केही वर्षपछि ५० प्रतिशत हिस्सा ओगट्ने जनाएको छ। झाले यो उद्योगमार्फत २ सय २५ जना कामदारलाई स्थायी रुपमा रोजगारी उपलब्ध गराउने बताएका छन्।

नेपालमा वार्षिक ३५ देखि ४० अर्बको भारत, चीन र इटलीबाट टायल्स आयात हुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु