Information is intelligence
HomeUncategorizedराइड सेयरको सेवामा भव्य रि-इन्ट्री गर्दै साहारा एप : यसरी बन्नुहोस् सहभागी

राइड सेयरको सेवामा भव्य रि-इन्ट्री गर्दै साहारा एप : यसरी बन्नुहोस् सहभागी

- Advertisement -spot_img

कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको छ । यस्तो अवस्थामा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म साहाराएप भने सबैका लागि रोजगारीको माध्यम बन्न सक्ने छ ।

साहारा एप एक भरपर्दो र सहज राईड सेयर सेवाको रुपमा संचालनमा आएको छ। सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो पारेसगैँ राईड सेयर सेवा पनि सुरु भएको हो । साहाराएप शेयरिङदेखि अनलाइन शपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । सेवा दिंदा स्वास्थ्य प्रोटोकललाई विषेश ध्यान दिइने छ।

साहारा एप भित्र पाउने सुभिधा मधे राईड सेयर सेवाले मुख्य भूमिका खेलेको छ । राईड सेयर सेवामा मुख्य तय दुई प्रकारका (इस्कुटर/बाइक, ट्याक्सी) सवारीहरु पाउन सकिन्छ। राईड सेयर सेवामा सर्भासधारणले आफुलाई चाहे अनुसारको सवारी प्रयोग गर्ने सक्ने छन् ।

त्यस्तै साहाराएपको आर्को सेवाको रुपमा फुड डेलिभरी पनि रहेको छ । ग्राहकहरुले आफुलाई मनलागेको कुरा आफ्नो मोबाइलबाटै अडर गरेर खाना वा खाजा घरमै बोलाउन सक्ने छन् ।

देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने

पछिल्लो समय लोकप्रिय भएको राइड शेयरिङ सेवा यो एपमा बिना इन्टरनेट तथा एसएमएस समेत लिन सकिने कम्पनीको दाबी छ । काठमाडौं उपत्यकामा मात्र नभइ देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत रकम समाज सेवामा लगाउने घोषणा समेत गरेको छ । रोजगारी गुमाएका युवाका लागि राइड शेयरिङ सेवा आम्दानी गर्ने एउटा गतिलो विकल्प बनेको छ ।

राइड शेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनुका साथै समयको समेत बचत हुने कम्पनीका सीईओ विशाल जिसीले बताए । एपमा उच्च गुणस्तरीय प्रविधिको प्रयोग गरिएको उनको दाबी छ । कम्पनीका अनुसार हाल साहारा एपका प्रयोगकता १५ हजारभन्दा भन्दा बढी रहेका छन् भने पाँच हजारभन्दा बढी सवारी साधनहरु जोडिएका छन् ।

कसरी डाउन्लोड र रजिस्टर गर्ने ?

प्रयोग कर्ताले साहारा एपसंग जोडिनका लागि आफ्नो मोबाइलको प्ले स्टोरेमा गएर साहारा एप खोजि डाउन्लोड गर्न सक्नु हुनेछ ।

साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफूलाई रजिस्टर गराउन सकिन्छ । साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भरी रजिस्टर गराउन सक्छन् ।

शुल्क अन्य सेवाप्रदायकभन्दा सस्तो

‘हाम्रो शुल्क बजारमा रहेका अन्य सेवाप्रदायकभन्दा सस्तो पनि छ,’ कम्पनीका सीईओ जीसीले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिने गरेका छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु