Information is intelligence
HomeSportsखेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

- Advertisement -spot_img

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूको कोरोना परीक्षण सोमबार र मंगलबार हुने भएको छ ।

एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परीक्षण गर्न लागेको एन्फाले जनाएको छ ।

सबैको परीक्षण पाटन अस्पताल लगनखेलमा हुनेछ । दुईदुई दिनमा सबैको कोरोना परीक्षण सकिने एन्फाले जनाएको छ । एन्फाले प्रशिक्षणका लागि १७ बुदे प्रोटोकल तयार पारिसकेको छ । नेपाली टोलीले १ भदौबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । सुन्दर ढोका साथी सेवाको समन्वयमा एन्फाले बिहीबार एन्फा होस्टेल र एन्फा कार्यालयलाई डिसइन्फेक्सन गरिसकेको छ । परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । प्रशिक्षण अवधिभर खेलाडीले होस्टेल छाड्न पाउनेछैन ।

बन्द प्रक्षिणमा ३४ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक योहान कालिन नरहेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीलाई प्रशिक्षण दिनेछ । गोलकिपिङ प्रशिक्षकमा एन्फाले राष्ट्रिय टोलीका पूर्वगोलरक्षक विकास मल्ललाई नियुक्त गरिसकेको छ । एन्फाले १० देखि १२ जनासम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ ।

नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेई, १३ अक्टोबरमा अस्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु