Information is intelligence
HomePoliticsमध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द

मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द

- Advertisement -spot_img

३१ साउन, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ ।

नगरभित्र सार्वजनिक यातायात बन्द गरिनेछ ।

अरनिको रागमार्गमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्ना दिइने मेयर मदनशुन्दर श्रेष्ठले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु