Information is intelligence
HomeHealthभरतपुर क्यान्सर अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द

भरतपुर क्यान्सर अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द

- Advertisement -spot_img

तत्काल उपचार गराइरहेका बिरामीकाे उपचार भने नराेकिने ।

चितवनकाे भरतपुर अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएकाे छ । एकपछि अर्काे गरि स्वास्थ्यकर्मीहरूमा काेराेना संक्रमण देखिन थालेपछि अस्पताल बन्द गरिएकाे अस्पताल प्रशासनले जनाएकाे छ । अत्यावश्यकबाहेकका तत्काल उपचार गरिरहेका बिरामीहरूकाे उपचार भने नराेकिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ । कन्ट्रयाक ट्रेसिङ र अस्पतालमा भएका संक्रमितहरूकाे स्वास्थ्यमा सुधार अाएपछि भने अस्पताल पुनः सुचारू हुनेछ । हालसम्म अस्पतालमा कार्यलय सहयाेगीसहित १० जनामा काेराेना संक्रमण देखिएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु