Information is intelligence
HomeEconomyविद्युत निर्यात ह्वात्तै बढ्यो!

विद्युत निर्यात ह्वात्तै बढ्यो!

- Advertisement -spot_img

गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यात ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणले ३५ औं बार्षिक उत्सवको अवसरमा सार्वजनिक गरेको एक तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालदखि १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ । अघिल्लो आव भने ३ करोड ४७ लाख युनिट विद्युत निर्यात भएको थियो ।

बिशेषगरि नेपालको आन्तरीक उत्पादन बढेपछि विद्युत निर्यात पनि बढेको हो । अब केही बर्ष भित्र विद्युतमा पुर्ण आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणको भनाइ छ । हाल नेपालले अप सिजनमा भारतबाट पनि विद्युत आयात गर्दै आएको छ, जुन नेपालदेखि निर्यात गरिने भन्दा बढी ।
आव २०७४/७५ मा भने २९ लाख युनिट विद्युत निर्यात भएको थियो । त्यसअघिका आवमा भने अत्यन्त न्यून मात्रामा विद्युत निर्यात भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु