Information is intelligence
HomeUncategorizedके हो साइलेज भनेको? साईलेज बनाउने तरीका सहित

के हो साइलेज भनेको? साईलेज बनाउने तरीका सहित

- Advertisement -spot_img

के हो साइलेज भनेको?
हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा राखी उक्त थैलो समेतबाट हावा बाहिर निकाली राम्रोसँग मुख वाधी वन्द गरी लामो समय सम्म प्लाष्टिक थैलोमा राख्नाले फाईदाजनक ब्याक्टेरियाको उपस्थिती हुन्छ जसले गर्दा अम्ल एसिड पैदा गराई घाँसलाई संरक्षित गर्दछ, यसलाई नै साइलेज भनिन्छ ।

फाईदाहरु के के छन्?

  • हरियो घाँसको पौष्टिकतालाई नष्ट नगरी लामो समय सम्म संरक्षण गर्न सकिन्छ । साथै यसबाट हिउँदमा (घाँस कम हुने समयमा) गाई भैंसीलाई घाँसको ब्यवस्था गर्न सकिन्छ ।
  • वर्षा समयमा हे बनाउन गाह्रो हुने हुँदा हरियो घाँसलाई साईलेजको रुपमा संरक्षण गरेर राख्न सकिन्छ ।
  • कम ठाउँ तथा कम लगानीमा नै साईलेज बनाउन सकिन्छ ।
  • प्लाष्टिक थैलो साईलेज परम्परागत तरीकाले भण्डारण गर्ने भन्दा किफायत हुने र भण्डारण क्षतिलाई न्यून गर्ने गर्छ ।
  • सानो थैलोमा साईलेज बनाउनाले साईलेजको पौष्टिकतालाई नोक्सान नहुने गरी संरक्षण गर्छ जवकि ठूलो खाल्डोमा बनाउँदा हरेक दिन खाल्डोवाट साईलेज निकाल्दा पौष्टिकतामा नोक्सान हुने गर्दछ ।
  • हे बनाउन नसकिने घाँस तथा झारहरूलाई साईलेज बनाउन सकिन्छ ।

बेफाईदा:

  • थैलोलाई चरा र मुसाहरूले क्षति पुर्‍याउन सक्ने हुँदा साईलेज नोक्सान हुन सक्ने । साईलेजको लागि उपयुक्त घाँसहरू पशुले खाने जुनसुकै घाँसबाट साइलेज बनाउन सकिन्छ तर घाँस पानीले भिजेको वा ज्यादै सुकेको हुनुहुन्न । खर घाँस, मकैको हरियो ढोड, जुनेलो, नेपियर, पारा र सुडान साईलेज बनाउन उपयुक्त घाँस नेपियर घाँसवाट उच्च स्तरको साइलेज बनाउन सकिन्छ । यस बाहेक सिमी, बोडी, भटमासको झाङ्गलाई पनि साइलेज बनाउन सकिन्छ ।

साईलेज बनाउने उपयुक्त समय:
साईलेज बनाएको तीन महिनामा खुवाउन तयार हुन्छ । प्लाष्टिकको थैलोमा साईलेज जुनसुकै समयमा तयार गर्न सकिएता पनि प्रायः गरी श्रावण देखि भाद्र महिनामा घाँसहरूको उत्पादन हुने हुँदा साईलेज वनाउन उपयुक्त हुन्छ । चिसो ठाउँमा अलि बढी समय लाग्न सक्छ । घाँसको चिस्यान ६०–६५ प्रतिशत भएको समयमा साईलेज बनाउन उपयुक्त हुन्छ ।

साईलेज बनाउने तरीका:
साईलेज बनाउने थैलो कृषकसँग भएको पशु संख्या र घाँसपातको उपलब्धताका आधारमा ५ देखि ५० केजीको घाँस अटाउने थैलो छनोट गर्नु र्पछ । हरियो घाँस, नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अँगुलको वा ३ सेमी टुक्राको घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा बाहिर निस्किने गरी खाँदी थैलाको मुखलाई राम्रोसँग वन्द गर्नुपर्छ । घाँस काटेको २४ घण्टा भित्र थैलोमा भरी सक्नुपर्छ ।

एवम् प्रकारले काटेको घाँसलाई राम्रोसँग खाँदेर सकेसम्म एक घण्टा देखि दुई घण्टा समयमा थैलो भर्ने काम पूरा गर्नु पर्दछ । यसरी वनाएको साईलेज २ महिना पछि खुवाउनको लागि तयार हुन्छ । कार्तिक देखि चैत्र महिना सम्म हरियो घाँसको अभाव हुने हुनाले दूधालु पशुहरूलाई साईलेज खुवाएर हरियो घाँसको आपूर्ति पूरा गर्न सकिन्छ । ५५० केजी शारीरिक तौल भएको गाई वा भैँसीलाई दैनिक २५ केजी साईलेज दिनुपर्छ भने भेडा, वाख्रालाई बढीमा ५ केजी सम्म साईलेज दिन सकिन्छ ।

राम्रो साईलेजमा हुनुपर्ने गुणहरू:

राम्रो खालको साईलेज समाउँदा नरम, रसिलो, अमिलो बास्ना आउने र गाढा खैरो रगंको हुनुपर्दछ । समाउँदा ल्याच्च आउने र गन्ध आउने हुनुहुँदैन । राम्रो साईलेजको निम्न गुणहरू हुनु पर्छ जस्तै पि एच ३.५ देखि ४.३, एसिटिक एसिड २ % भन्दा कम, ब्यूटारिक एसिड ०.१ % भन्दा कम, ल्याक्टिक एसिड ४ –६ %, एमोनियम नाइट्रेड ५ % भन्दा कम ।

साईलेज भण्डारण:
साईलेज भएको थैलोलाई राम्रो स्थानमा भण्डारण गर्नु पर्ने हुन्छ । थैलोलाई दानाको भण्डार भन्दा टाढा राख्नु पर्छ जसले गर्दा चरा र मुसाहरूवाट सजिलै जोगाउन सकिन्छ । साईलेज भण्डारणको लागि स्थानीय श्रोत साधनको प्रयोग गरी काठ, वाँस, जाली र किलाकाँटीवाट मुसा छिर्न नसक्ने गरी कम लागतमा साईलेज भण्डारण निमार्ण गर्न सकिन्छ । साईलेज वनाएको थैलोलाई पातलो पोलिथिन सिटले छोपी राख्दा लामो समय सम्म जोगाउन सकिन्छ ।

साईलेजको संरक्षण:
साईलेजको थैलोलाई चरा, मुसा, कुकुर, विरालो, पशु तथा केटाकेटीहरूवाट जोगाउनु पर्दछ । साईलेज जोगाउनको लागि कीटनाशक वा मुसा नाशक विषादीको प्रयोग गर्नु हुदैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु