Information is intelligence
HomePoliticsसरकारको वहिर्गमनको माग गर्दै थाइल्याण्डमा हजारौँको प्रदर्शन

सरकारको वहिर्गमनको माग गर्दै थाइल्याण्डमा हजारौँको प्रदर्शन

- Advertisement -spot_img

थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।

उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् । उनी पूर्व सैनिक शासक थिए र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आएका थिए ।

यहाँ कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए । फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी संगठनहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो ।

उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नुपर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् ।

थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरुको माग छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु