Information is intelligence
HomeEducationएस इ इ काे नतिजा सार्वजनिक

एस इ इ काे नतिजा सार्वजनिक

- Advertisement -spot_img

राष्ट्रिय परीक्षा बाेर्डले माध्यमिक शिक्षा परीक्षा (एस इ इ ) काे नतिजा सार्वजनिक गरेकाे छ  । साेमबार बसेकाे परीक्षा बाेर्डकाे बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेकाे हाे । बाेर्डका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीकाे परीक्षाफल सार्वजनिक गरिएकाे छ । नतिजा टेलिफाेन , एसएमएस र वेभसाइटबाट हेर्न सकिने छ । गत चैत ६ गतेबाट गर्ने भनिएकाे परीक्षा काेभिड १९ का कारण राेकिएपछि विद्यालयले गरेकाे अान्तरिक मूल्यांकनका अाधारमा नतिजा सार्वजनिक गरिएकाे हाे ।

नतिजा हेर्ने तरिकाहरू

एसएमएसः नेपाल टेलिकम र एनसेल काे १६०० र इजी सर्भिसकाे ३४९४९ नम्बरमा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ ।

टेलिफाेन  ः नेपाल टेलिकमकाे १६०० मा डायल गरेर निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

वेभसाइटः माध्यमिक शिक्षा परीक्षा कक्षा १० , राष्ट्रिय परीक्षा बाेर्ड , शिक्षा तथा मानव विकास केन्द्र , नेपाल दूरसञ्चार प्राधिकरण वा एनसेलकाे वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ ।

राष्ट्रिय परीक्षा बाेर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमकाे वेभसाइटमा जन्म मिति र सिम्बाेल नम्बर हालेर ग्रेड  तथा स्तरीकृत अंक (जिपिए) पनि हेर्न सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु