Information is intelligence
HomePoliticsभिटेन समातिए तर "देशद्रोही" गायक समातिएनन्

भिटेन समातिए तर “देशद्रोही” गायक समातिएनन्

- Advertisement -spot_img

मुलुकी अपराध संहिता,२०७४ काे परिच्छेद ८ दफा १५१ मा व्यवस्था गरिएकाे  कसुर र साेकाे सजाय सम्बन्धि व्यवस्थालालाई धज्जी उडाउँदै ‘मङ्गाेल हाेप’ नामक युट्युब च्यानलबाट देशद्राेही शीर्षककाे गीत सार्वजनिक गरिएकाे छ।

कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।

गीतमा प्रयाेग गरिएका विभिन्न सामाग्रीहरूले  संविधान र कानूनमाथी धावा बाेलेका छन् भने देशकाे झण्डा जलाउने तथा विभिन्न समुदायलाई शरणार्थीकाे संज्ञा दिएर सार्वजनिक गरिएकाे गीतले सामाजिक सहिष्णुतालार्इ खलल पुर्याउने चेष्टासमेत गरेकाे छ ।

केही समय अघिमात्र गीतमा अपाच्य शब्द प्रयाेग गरेकाे भनेर विभिन्न सर्जकहरूलाई पक्राउ नै गरि गीतमा प्रयाेग गरिएका शब्द र गतिविधिहरू हटाउन लगाइएकाे थियाे ।

मङ्गाेल हाेप नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे गीतमा प्रयाेग गरिएका शब्द्हरूः

  • पालैपालाे सत्ता लुछि देश बेच्ने ढालजस्ताे ढाकाटाेपी
  • ब्राजस्ताे हिन्दु झण्डा बाेकी
  • आयातित बिक्रम संवत
  • राजस्थानकाे दाैरा सुरूवाल
  • खस भाषा खस लिपी लाद्ने
  • शरणार्थी बाहुन क्षेत्री

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु