Information is intelligence
HomeSportsपिर्लोको खेल जिबन

पिर्लोको खेल जिबन

- Advertisement -spot_img

इटालिको फ्लेरोमा वि.स १९७९  मे १९ मा जन्मिएका अान्द्रे पिर्लो ले आफ्नो खेल जीवनको सुरूवात वि.स १९९७मा  घरेलु टिम बेर्सिया मा अट्याकिङ मिडफिल्डर बाट सुरू गरे ।

उनले आफ्नो सहयोगमा बेर्सियालाइ पहिलो उपाधि (seria-B) जिताएर बेर्सियालाइ (seria-A) मा पदोन्नति गराउन सफल भए। उनको खेल शैलिले निकै प्रभावित भएर १९९८ मा इन्टर मिलानले उनलार्इ क्लबमा भित्रायाे। तर ब्रेसिका र रेगिनामा सफल लोन समय बिताएका उनले, इन्टर मिलानमा समय पाउन भने संघर्ष गर्नुपर्यो। पिर्लाेले इन्टरको सुरुवाति लाइनअपमा छिर्न असमर्थ भए र २००१ मा क्रस-सिटि प्रतिद्धन्द्धी ए.सी. मिलानले उनलार्इ किन्याे। मिलानका, प्रबन्धक कार्लो एन्सेलोटिले पिर्लोलार्इ टोलिको आक्रमणलाइ व्यवस्था गर्नको लागि प्लेमेकर को रुपमा खेलाए। उनले आफ्नो नयाँ मैदानमा उत्कृष्ट प्रदर्शन गरे, र एक बिश्व स्तरीय मिडफिल्डर बन्न सफल भए,। अधिकमात्रामा उपाधिहरु जिते, उनले २ युईएफए च्याम्पियन लिग,२ युईएफए सुपर कप, २ सिरि ए, १ फिफा क्लब वर्ल्ड कप , १ सुपरकोपा इटालियाना, र १ कोप्पा इटालिया जित्न सफल भए।

Pirlo as Juventus player

ए.सी. मिलानमा राम्रो खेल खेलपछि उनी २०११ मा जुभेन्टसमा नि: शुल्क ट्रान्सफर भए ( जुभेन्टसले भने २००३ देखि कुनैपनि उपाधि जित्न सकेको थिएन) र लगातार ४ ओटा सिरि ए लिग , २ सुपरकोपा इटालियाना र १ कोप्पा इटालिया जिताउन सफल भए। २० सिजन इटलिमा खेलेपछि २०१५ मा मेजर लिग सक्कर फ्रेंचाइज न्युयोर्क सिटिमा सामेल भए।२०१७ मा सन्यास लिनु अघि उनले दोस्रो र तेस्रो बर्ष न्युयोर्क सिटिलाइ प्ले अफमा पुग्न मद्दत गरे।

उनकाेअन्तराष्ट्रिय यात्रा

Pirlo as Italy player

अन्तर्राष्ट्रिय स्तरमा उनले युवा टिम हरुको लागि खेल्न सुरुगरे, र यू १८ र यू १९ मा पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भए । अन्डर २१काे भने कप्तानको भुमिका निर्वाह गर्दै टोलिकाे गोल्डेन प्लेयर र सर्वाधिक गोलकर्ता हुदै सन् २००० को यूईएफए युरोपियन च्याम्पियनसिप जित्न सफल भए। उनी सेप्टेम्बर २००२ मा इटालिको सिनियर टोलीमा सामेल भए र २००४ को ओलम्पिक खेलमा आफ्नो टिमको लागि  कांस्य पदक जिते। सन् २००६ को विश्वकपमा आफ्नो टिमको लागि जित निकाल्न महत्वपूर्ण भूमिका खेलेका थिए , भने फाइनल खेल सहित ३ पटक सम्म म्यान अफ द म्याच भएका थिए ।उनलार्इ कांस्य बल बाट पनि सम्मानित गरिएको थियो। सन् २०१२ को युईएफए च्याम्पियनसिपको फाइनलमा पुर्याउँदा यस्तै सफलता दोहोर्याए। सन्२००४ र २००८ को युईएफए युरोपियन च्याम्पियन्सिप , २०१० र २०१४ को फिफा विश्वकप र २००९ र २०१३ को फिफा कन्फेडेरेसन कपमा पनि आफ्नो टिमको र देशको प्रतिनिधित्व गरेका थिए।

उनले पाएका मुख्य सफलताहरू

pirlo with his world cup trophy

पिर्लोले २००६ देखि २०१५ काे बिचमा IFFHS विश्वकाे सर्वश्रेष्ठ प्लेमेकर पुरस्कारमा शीर्ष चारमा पाँच पटक पर्न सफल भएका थिए। २०११ को युइएफए बेस्ट युरोपियन खेलाडीमा चौथो र २०१५ मा सातौं स्थानमा परेका थिए। त्यसै गरि सिरि ए फुटबलर अफ दि इयर तीन चोटी हुन सफल भए र सिरि ए टिम अफ दि इयरमा मा समेत चारचोटि अधिक मत पाएका तिए। पिर्लोले २०१२ को युईएफए टिम अफ दि इयर मा नाम सुचिकृत गराएका थिए, २०१५ युइएफए च्याम्पियन्स लिगको बेस्ट टोलीमा पनि पर्न सफल भएका थिए र २००६ मा ‘FIFPRO’ मा पनि पर्न सफल भए। २००७ को फिफा विश्व खेलाडीमा सातौं स्थानमा रहे भने Ballon d’Or का लागि पनि टप १० मा ३ चोटि सम्म परेका थिए , २०१६ मा MLS ALL-STAR मा नाम राख्न सफल भए।२०१९ मा पिर्लो इटालियन फुटबल हल अफ‌ फेममा निर्वाचित भएका थिए।

प्रशिक्षक

pirlo as juventus head coach

उनले आफ्नो खेल जिबन बाट सन्यास लिए सङै २०२० का केहि महिना युभेन्टसको यु -२३ मा प्रशिक्षक रहेका थिए भने हाल युभेन्टसको सिनिएर टिम मा प्रशिक्षक(Head coach) नियुक्त भएका छन्।

करियर उपस्थिति र गोल

क्लब करियर

Pirlo club appearance and goals

नेसनल करियर

Pirlo national carrier appearance and goals

प्रशिक्षक [2020- …..]

(यो लेख विकिपिडिया तथा अन्य विभिन्न वेबसाइटहरुको सहयोमा तयार पारिएको हो।)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु