Information is intelligence
HomeOpinionकमजाेर पूर्व राजा ज्ञानेन्द्र, देशको विषम परिस्थितीमा केवल मुकदर्शक

कमजाेर पूर्व राजा ज्ञानेन्द्र, देशको विषम परिस्थितीमा केवल मुकदर्शक

- Advertisement -spot_img

२०६५ साल जेठ १५ मा  पूर्व राजा ज्ञानेन्द्रले देश र जनातको नाममा सम्बोधन गर्दै राजतन्त्र लाई जनताको हातमा समर्पित गरेकाे घाेषणा गरे। दरबार हत्याकाण्ड पश्चात राजा बनेका ज्ञानेन्द्रले  २०६२/२०६३ को जन आन्दोलनको नतिजा स्वरुप शासन सत्ता त्याग्नुपरेकाे थियाे। देशको दु:खद ईतिहासमा २०६३ सालको शान्ति साम्झौता अघि सत्रहजार जना  मारिए, २१ जना शहिद थपिए ।  सुनाैलाे आशामा आफ्नो जीवन अर्पण गरेका शहीदहरूकाे सपनामा त्यसपछि लगातार तुषारापात भइरह्याे । नेताहरूले जनतालाई देशलाई स्वीजरल्याण्ड र सिङ्गापुर बनाउने झुटा सपना देखाउँदै गए । २०६९ साल जेठ १४ गते राति शहीदहरूकाे सपनामा अझ प्रहार गरियाे, पहिलाे संविधानसभाकाे विघटन भयाे ।

पहिलो संविधानसभा विघटन भएपछि प्रमुख चार राजनीतिक दलहरुको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी प्रयोजनका लागि सरकार गठन भएको थियो।

जनतामा निराशा छाउन थाल्याे। दाेश्राे संविधानसभाकाे निर्वाचन भयाे । नेपाल विधिवत् रूपमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएकाे मुलुककाे रूपमा स्थापित भयाे । त्यसपछि पनि जनतामा पलाएका आशाका किरणहरू भने रंगविहिन जस्तै भैरहे । निरन्तर भ्रष्टाचार, बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरू समाचारहरूमा छाइरहे । जनताका आधारभूत आवश्यकता परिपूर्ति समेत गर्न सरकार असमर्थजस्तै देखियाे । भारतीय नाकाबन्दी र भूकम्पले तहसनहस बनाएकाे नेपालकाे सामाजिक, आर्थिक तथा राजनितिक घटना परिघटनाहरूबाट जनतामा नेताहरूमाथि देखिँदै आएको विश्वासमा कमि आउन थाल्याे । जनताकाे मनमा बैकल्पिक शक्तिकाे आशा पलाउन थालेकाे देखियाे । त्यसैकाे परिणाम स्वरूप जनमानसमा पूर्व राजाकाे नाम फेरि सुनिन थाल्याे ।

हिजाेआज सामान्य नागरिककाे रूपमा रहेकाे पूर्व राजाकाे सत्ता आरोहणकाे लागि जनताहरू स्वतस्फूर्त रूपमा देखिन थालेका छन्। तर उनीभने आफुलाई सत्ताकाे कुनै लाेभ नभएकाे बताउन थालेका छन्।

विश्व ईतिहासलाई फर्केर हेर्दा भने आफ्नो गुमेकाे राज्यसत्ता पुनः प्राप्ति भएकाे घटना सायदै सुन्न पाइन्छ ।  तरपनि नेपाली जनतामाझ वर्तमान राजनैतिक व्यक्तित्वहरूकाे चर्तिकलादेखि दिक्दार भएर पुरानाे शासन व्यवस्था नै ठीक थियाे भन्ने भनाइहरू यदाकदा सुन्न पाइन्छ ।

लोकतान्त्रिक गणतन्त्र को आगमन पछी सम्पूर्ण मुख्य नेताहरूले देशलाई चलाऊन प्रयास गरे। तर सबैजना संविधान र कानुनभन्दा आफुलाई माथी ठानेर सर्वेसर्वा भएकाे महसुस मात्र गरे । कसैले देशकाे विकास र जनताका आशाहरूकाे हिसाब-किताब गरेनन् । फलस्वरूप आज देशले याे गति भाेग्नु परिरहेकाे छ ।

स्रोत: बिबिसी

अहिले कार्यपालिका मात्र हैन, न्यायपालिका र व्यवस्थापिकाबाट पनि जनतालाई उत्तिकै भरोसा उडी सकेको छ। प्रत्येक दिन केहि न केहि काण्डकाे समाचार आउने निश्चितजस्तै छ। अपराधी ठुला ब्यक्ती हुँदा न्यायालय आँफैले सजाय छुट गराउँछ। ठूला उद्याेग कलकारखाना, स-साना कारण देखाएर बन्द गरियो।  कर्मचारीहरु स-साना घुसमा समातिन्छन अनि  कराेडौँका भ्रस्टाचार समाजिक रुपमै देखिँदा पनि कुनै कारबाही हुँदैनन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मेलित इजलासले जघन्य अपराधमा संलग्न व्यक्तिलाई खारेज भइसकेको कानुनको प्रयोग गरी सजायमा छुट दिएको भन्दै न्यायिक वृत्त र बाहिर चर्को आलोचना

अहिले सम्पूर्ण नेपाली खोज्दै छन अनी बुझ्दै छन कि काेही सच्चा सपुतको जरुरत छ, जो यो सम्पूर्ण परिस्थितीलाई कायापलट गर्ने आँट गराेस्। याे लिस्टमा कतै कतै ७३ बर्से बूढा पुर्व राजाबाट  जनताको आशा स्तम्भ बन्न सक्लान कि भन्ने भावना पनि देखिन थालेकाे छ। सङ्सँगै बाघ बुढो हुन्छ तर घाँस खाँदैन जस्तो भावनात्मक आशा भने मरेको छैन जनमानसमा। तर पनि  यो सत्यता बाट पर हट्न सकिन्न कि अब पूर्व राजगद्दी अनि राज सँस्थाकाे अन्त्य भैसक्याे। राजनैतिक हिसाबबाट पूर्व राजा ज्ञानेन्द्र कमजाेर नै छन्। उनी सँग राजयसत्ताको पुनरावलोकनको अवसर पहिलो संबिधानसभा बिघठन जस्ता समयमा नभएका हैनन। शायद उनी सामर्थ्यवान राजा भएका भए २१ शहीदको मृत्‍यु बिना नै, राज संस्थाको सत्चरित्रका साथ शासन गरिरहेका हुन्थे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु