Information is intelligence
HomePoliticsढल्यो नेपाली काव्यको वृक्ष - राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

ढल्यो नेपाली काव्यको वृक्ष – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

- Advertisement -spot_img

काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५:५५ मा निधन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो थियो भने  २०७७ साल भाद्र २ गते निधन भएको छ ।

शिक्षा जीवन

६ बर्ष उमेर हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालाबाट उनले प्रथमा उत्तीर्ण गरि भारतको बनारसमा रहेको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।

पेशागत जीवन

१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा बि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका घिमिरे बि. सं. २००५ सालमा आईपुग्दा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि भए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र बि. सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यस पछि बि. सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए । यस सँगै बि. सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

साहित्य जीवन

उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

विभिन्न लेख तथा रचना मध्यबाट पुष्टि पश्चात दरबार टाईम्समा प्रकाशित

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु