Information is intelligence
HomePoliticsसंघीय सांसद यज्ञ बाेगटीलार्इ काेराेना संक्रमण

संघीय सांसद यज्ञ बाेगटीलार्इ काेराेना संक्रमण

- Advertisement -spot_img

संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना देखिएको हो । लतिपुरमा कोठा लिएर बसेका उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् । ‘मलाई कोरोनाको केही लक्षण छैन,’ उनले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै को बाट सऱ्यो थाहा छैन ।’

तीन दिनअघि नेगेटिभ रिपोर्ट आएर खुसी भएका उनी त्यही स्वाबबाट पोजेटिभ रिपोर्ट आएपछि आत्तिएनन् बरु आत्मबल दह्रो बनाएर आइसोलेसनमा गए ।

कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन उनको आग्रह छ । ‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन । यसले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाउनु पर्ने देखियो । सामाजिक दूरी कायम गरौं ।’ आइसोलेसनमा बस्दा पनि आत्तिनेभन्दा पनि आत्मबल दह्रो बनाउनु पर्ने उनको सुझाव छ । ‘आइसोलेसनमा बस्दा पनि आत्तिएको छैन । आफन्त र पार्टीका साथीहरुसँग फोनमा कुरा गरिरहेको छु,’ उनले भने, ‘निरास हुँदै कोरोनाबाट मुक्त हुन सकिँदैन भन्ने सुनेको छु । त्यसैले मलाई कोरोना लागेको छ भन्ने नै बिर्सेर बसेको छु ।’

यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु