Information is intelligence
HomePoliticsएसएसबिले नियन्त्रणमा लियाे नेपाल-भारत सीमामा बुद्धको मूर्ति भेटाउने नेपाली

एसएसबिले नियन्त्रणमा लियाे नेपाल-भारत सीमामा बुद्धको मूर्ति भेटाउने नेपाली

- Advertisement -spot_img

जनकपुर । महोत्तरीको मनरासिसबा नगरपालिका ९, बथनाहाबाट भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोलीले एक युवालाई नियन्त्रणमा लिएको छ ।

बथनाहा घर भएका २० वर्षीय बलिन्द्र सदालाई सीमा क्षेत्र (नोमेन्स लाइन) बाट करिब डेढ मिटरभित्र पसेर एसएसबीको चारजनाको टोलीले नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्थानीय चन्दन दुवेका अनुसार सदालाई एसएसबीले सीमापारी सहश्राममा रहेको एसएसबी क्याम्पमा थुनेर राखेको छ ।

बुधबार बिहान माछा मार्न सीमा पारी जाँदा माछा मार्ने क्रममा उनले एउटा बुद्दकाे मूर्ति भेटाएका थिए । उक्त मूर्ति फिर्ता माग्दै एसएसबिकाे टाेलीले उनलार्इ नियन्त्रणमा लिएकाे स्थानीयबासीले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु