Information is intelligence
HomePoliticsचीनसँग अहिल्यै वार्ता गर्न चाहन्नँःट्रम्प

चीनसँग अहिल्यै वार्ता गर्न चाहन्नँःट्रम्प

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ‘कोभिड १९’ को विषयलाई लिएर फेरि एकपटक चीनको आलोचना गरेका छन्।

ट्रम्पले गतहप्ता चीनसँगको वार्ता स्थगित गर्नुको कारण खुलाउँदै एरिजोना राज्यमा भनेका छन्,‘म चीनसँग अहिले वार्ता गर्नै चाहन्न किनभने चीनले विश्वलाई जे गरेको छ त्यो अकल्पनीय छ।’

गतहप्ता चीन र अमेरिकाबीच व्यापार वार्ता हुने तय भएको थियो तर उक्त वार्ता अनिश्चित कालका लागि स्थगित गरिएको छ।

ट्रम्पले चीनले कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रण गर्न उल्लेखनीय भूमिका खेल्न नसकेको आरोप लगाउँदै चीनले कोरोनाको प्रभाबवारे जानकारी चाँडै नदिएका कारण भाइरस विश्वभर फैलिएको बताए।

ट्रम्पले यसअघि कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर सम्बोधन गरिसकेका छन्। जसको विश्व स्वास्थ्य संगठनले आलोचना गरेको थियो।

डब्लूएचओले भाइरसलाई नियन्त्रण गर्न विश्वभरका देश एकजुट हुनुपर्ने तथा भाइरसलाई क्षेत्रीय दर्जा दिन नहुने बताएको थियो।

तर डब्लूएचो चीन केन्द्रित भएको भन्दै अमेरिका यस संस्थाबाट बाहिरिएको छ।श्राेतः एससीएमपी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु