Information is intelligence
HomePoliticsट्रम्पको पार्टीका नेताहरुको समर्थन डेमोक्रेटिक उम्मेदवार बाइडेनलाई

ट्रम्पको पार्टीका नेताहरुको समर्थन डेमोक्रेटिक उम्मेदवार बाइडेनलाई

- Advertisement -spot_img

वासिंटन : अमेरिकामा डेमोक्र्याट पार्टीले जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।

सोमबार सुरु पार्टीको चार दिने मनोनयन अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार अनुमोदन गरेको हो । यससँगै ७७ वर्षीय बाइडेन आगामी नोभेम्बरको पहिलो साता हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्नेछन् ।

जारी भर्चुअल अधिवेशनको क्रममा बाइडेनको पक्षमा डेमोक्रेटिक पार्टी वाहेक अन्य राजनीतिज्ञ र विशिष्ठ व्यक्तित्वबाट पनि बाइडेनलाई समर्थन प्राप्त भएको छ । विभिन्न नेता तथा नागरिक अगुवाहरुले उनलाई शुभकामना शुभकामना दिएका छन् ।

रिपब्लिकन नेताहरुबाट पनि समर्थन :

बाइडेनको पक्षमा रिपब्लिकन पार्टीका नेताहरुले समेत शुभकामना व्यक्त गरेका छन् । अर्थात् ट्रम्पको पार्टीका केही प्रभावशाली र शीर्ष नेताहरुले नै बाइडेनलाई समर्थन दिएका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेशमन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेशमन्त्री कोलिन पावेलले पनि बाइडेनको जितका लागि शुभकामना दिएका छन् । साथै पूर्व राष्ट्रपति जिम्मी कार्टरले समेत बाइडेनलाई शुभकामना दिए ।

बीबीसीका अनुसार ओहायो राज्यका गभर्नर जोन कासिचले सोमवार डेमोक्र्याटिक उम्मेदवार बाइडेनलाई सघाउने घोषणा गरेका छन्। तर ट्रम्पले आफ्नो समर्थन नगर्ने रिपब्लिकन नेताहरूको कडा आलोचना गरेका छन् । रिपब्लिकन पार्टीका नेताहरुसँगै पूर्व सेनाप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनलाई सघाउने बताए ।

तर पावलले ट्रम्पलाई झुट नेताको रुपमा चित्रित गर्दै उनको कडा आलोचना गरेका थिए । बाइडेनले आफ्नो उपराष्ट्रपति पदका लागि कमला डी ह्यारिसलाई उम्मेदवार बनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु