Information is intelligence
HomeEntertainment & Artsहलिउड अभिनेता बेन क्रसको निधन

हलिउड अभिनेता बेन क्रसको निधन

- Advertisement -spot_img

हलिउड अभिनेता बेन क्रसको निधन भएको छ। चारियट्‍स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि चर्चित भएका क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो।

क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि गरेकी हुन्। उनको स्वास्थ्य केही देखि बिग्रिरहेको र गत हप्तादेखि उनको अवस्था थप जटिल बन्दै गएको थियो।

उनले केही समयअघिमात्रै हरर फिल्म द डेभिल्स लाइटको सुटिङ सकाएका थिए। यही वर्षको अन्त्यतिर नै रोमान्टिक ड्रामा लास्ट लभर फ्रम यर लभमा मुख्य भूमिकामा देखिएका थिए।

क्रसले एचबीओले निर्माण गरेको पहिलो मिनि सिरिज द फार प्याभिलियन्स र हरर सिरिज डार्क स्याडोजमा समेत अभिनय गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु