Information is intelligence
HomePoliticsदार्चुलामा ढुंगाले लागेर एक मजदुरकाे मृत्यु

दार्चुलामा ढुंगाले लागेर एक मजदुरकाे मृत्यु

- Advertisement -spot_img

दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।



मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

ढुङ्गा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ । मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए । मृतकका एक छोरा र श्रीमती छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु