Information is intelligence
HomeSportsराष्ट्रिय फुटबल टोलीका अभिषेक रिजाल भारतीय क्लब मोहम्मेदनसँग अनुबन्धित

राष्ट्रिय फुटबल टोलीका अभिषेक रिजाल भारतीय क्लब मोहम्मेदनसँग अनुबन्धित

- Advertisement -spot_img

राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय फुटबल क्लब मोहम्मेदन स्पोर्टिङ क्लबसँग अनुबन्ध भएका छन्।

आईलिग सेकेन्ड डिभिजन र कलकत्ता लिग खेलिरहेको मोहम्मेदनमा अभिषेक आगामी ३ वर्षका लागि अनुबन्ध भएका हुन्।

अभिषेक एसियन कोटाबाट अनुबन्ध भएका हुन्। उनको सम्झौता २०२० को अगष्ट २० देखि लागू हुनेछ।

क्लब र अभिषेकबीच के कति रकमकाे सम्झौता भएको भन्ने केही खुलाइएको छैन। तर मोहम्मेदन आईलिगमा छनोट हुन नसकेको खण्डमा भने उनी अन्य क्लबमा जान चाहेमा रिलिज गर्ने सम्झौतामा उल्लेख गरिएको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु