Information is intelligence
HomePoliticsबालिका करणीकाे केशमा एक युवा थुनामा

बालिका करणीकाे केशमा एक युवा थुनामा

- Advertisement -spot_img

काठमाडौँ- बालिकामाथि करणी प्रयास गर्ने एक १६ वर्षे किशोरलाई चितवन जिल्ला अदालतले पुर्पक्षकाे  थुनाका लागि सुधार गृहमा पठाएको छ।

६ वर्षीय बालिकालाई उनको घरमै पुगेर करणी प्रयास गरेका चितवनका किशोर (नयाँ वस्ती ४) लाई मंगलबार चितवन जिल्ला अदालतले सुधार गृहमा पठाएको हो।

अभियुक्त १८ वर्षभन्दा कम उमेरको भएकाले न्यायाधीश हेमन्त मल्लाको इजलासले हेटौंडास्थित बाल सुधारगृहमा अभियुक्त किशोरलाई थुनामा राख्न आदेश दिएको छ।

अपराध मुलुकी संहिता २०७४ अनुसार १८ वर्ष नपुगेको व्यक्ति नाबालक नै मानिने तथा कानुनी दायित्व बहन गर्न असक्षम भएकाले सुधार गृहमा पठाइएको अदालतबाट जारी गरिएको आदेशमा उल्लेख छ।

मंगलबार भएको थुनछेक बहसपछि अदालतले तत्काल प्राप्त प्रमाणबाट किशोरले कसुर गरेको अवस्था देखिएको ठहर गर्दै सुधार गृहमा राखेर मुद्दको थप सुनुवाई अघि बढाउन आदेश भनेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु