Information is intelligence
HomePoliticsचाैतर्फी बिराेध पछि लाेगाे फिर्ता

चाैतर्फी बिराेध पछि लाेगाे फिर्ता

- Advertisement -spot_img

सांसदले लगाउने नयाँ ब्याच पिन (लोगो) को आलोचना भएपछि संघीय संसद सचिवालयले त्यसलाई फिर्ता पठाएको छ ।

संसदले पारित गरेको नेपालको नयाँ नक्साअनुसार बनाइएको नयाँ लोगो संरचनात्मक र साजसज्जासम्बन्धी समस्या देखिएकाले त्यसलाई फिर्ता पठाइएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

संघीय संसदले अद्यावधिक नक्साअनुसार सांसदहरुले लगाउने नयाँ लोगो तयार पार्न घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मा दिएको थियो ।त्यसअनुसार घरेलु कार्यालयले संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० थान लोगो तयार पारेको थियो ।

तर सामाजिक सञ्जाल र सार्वजनिक रुपमा उक्त लोगो राम्रो नभएको टिप्पणी भएपछि भदौ २ गते सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको पाण्डेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मंगलबार १९० वटा लोगो फिर्ता लगेको र बाँकी लैजाने प्रक्रियामा रहेको जनाइएको छ । कतिपय लोगोहरु वितरण समेत भइसकेका छन् । सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायतले नयाँ लोगो लगाइसकेका छन् ।

नक्सा नै नमिलेको लोगो लगाएको भनेर आलोचना भएपछि सभामुखले मंगलबार बैठक राखेर फिर्ता पठाउने निर्णय गराएका हुन् ।

सांसदहरुले छातीमा लगाउने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । सुरुमा ३५० थान लोगो बनाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु