Information is intelligence
HomeSportsच्याम्पियन्स लिग फाइनल : दुई च्याम्पियनको भिडन्त

च्याम्पियन्स लिग फाइनल : दुई च्याम्पियनको भिडन्त

- Advertisement -spot_img

लिस्वन। फ्रान्सको ओलम्पिक लियोनलाई पराजित गरेर जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ ।

बायर्नका खेलाडी गेम जितेको खुशीमा रमाउदै

पोर्चुगलमा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा बायर्नले लियोनलाई ३–० ले हरायो । बायर्नको जितमा सर्जी नाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

जितसँगै बायर्न म्युनिख ११ औं पटक युरोपको सर्वोच्च क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । उ भन्दा बढी लिभरपुलले ६ पटक, एसि मिलानले ७ पटक तथा रियाल मड्रिडले १३ पटक यो उपाधि हात पारेका छन् ।

Mbappa and Neymar training for champions league final

पहिलो सेमिफाइनल खेलमा जर्मनीको आरबी लेप्जिगलाई पाखा लगाउँदै पिएसजी पहिलो पटक फाइनलमा पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु