Information is intelligence
HomePoliticsदुईथान पेस्तोलसहित दुई पक्राउ

दुईथान पेस्तोलसहित दुई पक्राउ

- Advertisement -spot_img

प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो ।

हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर तामाङलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले दिए । “वरामद भएको हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र कार्की र तामाङ सँगै कारागार बस्दा चिनजान भएपछि कार्कीले तामाङलाई हतियार लैजान भनेकाले माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका हौँ ”थापाले बताए।  कार्की कारागार रहेको बेला उक्त हतियार धादिङका २८ वर्षीय राजकुमार गुरुङले राख्न दिएकोमा राजकुमारले वालाजुको एक होटल साहुलाई राख्न दिएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु