Information is intelligence
HomeSportsबेन्फिकामा जाने काभानीको चाहना

बेन्फिकामा जाने काभानीको चाहना

- Advertisement -spot_img

एजेन्सी । उरुग्वेका स्टार खेलाडी इडिन्सन काभानी पछिल्लो समय नयाँ क्लबको अनुबन्धको खोजीमा छन् । उनी पछिल्लो समय पोर्चुगली क्लब बेन्फिकासँग सम्झौताको नजिक पुगेको गोल डटकमले जनाएको छ ।

लामो समय फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताएका काभानीको भर्खरै मात्र क्लबसँगको सम्झौता सकिएको थियो । पीएसजीलाई धेरै खेलमा जित दिलाउन महत्त्वपूर्ण योगदान गरेका काभानीले पछिल्लो समय पीएसजीसँग नयाँ सम्झौता गरेनन् ।

पीएसजीले पछिल्लो समय आफ्नो आर्थिक भार देखाउँदै धेरै खेलाडीसँग नयाँ सम्झौता गर्न मानिरहेको अवस्था भने छैन । त्यसकै बाबजुत काभानीको पनि सम्झौता नभएको हो ।

काभानी पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा पर्छन् । उनले हालसम्म पीएसजीका लागि २०० गोल पूरा गरेका थिए । उनले लिग वानमा मात्र १३८ गोल गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु