Information is intelligence
HomeInternationalरुसी विपक्षी नेता नाभाल्नीलाई चियामा विष दिएपछि अचेत, आईसीयूमा उपचार हुँदै

रुसी विपक्षी नेता नाभाल्नीलाई चियामा विष दिएपछि अचेत, आईसीयूमा उपचार हुँदै

- Advertisement -spot_img

मस्को । भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसका विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई चियामा विष खुवाइपछि अचेत भएका छन् । अचेत भएका ४४ वर्षीय नाभाल्नीको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको उनकी प्रवक्ता किरा यार्मिसले बताएकी छन् ।

उनका अनुसार साइबेरियाको टोम्स्कबाट विमानमा मस्को फर्किने क्रममा उनी अचेत भएका थिए । त्यसपछि विमानलाई साइबेरियाकै ओम्स्क सहरमा आपतकालीन अवतरण गराएर उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भए पनि जटिल भएको बताएका छन् ।

यार्मिसले ट्विट गर्दै नाभाल्नीलाई विष खुवाइएको जानकारी दिएकी छन् । उनका अनुसार साइबेरियाबाट मस्कोका लागि प्रस्थान गर्नुअघि उनले चिया मात्र पिएका थिए । चियामै केही मिसाइएको हुनसक्ने उनले आशंका गरेकी छन् ।

यात्राका क्रममा यार्मिस पनि विमानमा नाभाल्नीसँगै थिइन् । त्यतिबेला नाभाल्नीलाई अत्यधिक पसिना आइरहेको थियो । यार्मिसका अनुसार उनले ध्यान अन्त मोडिने भन्दै आफूसँग कुरा गरिरहन आग्रह गरेका थिए ।

त्यसपछि नाभाल्नी उठेर बाथरुम गएको र त्यहीँ अचेत भएका थिए । उनको ओम्स्कस्थित अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । नाभाल्नीले रुसमा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गरिरहेका छन् । उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचकसमेत हुन् ।

नाभाल्नीले जुनमा संविधान संशोधन गरेर राष्ट्रपति पुटिनलाई आगामी दुई कार्यकाल राष्ट्रपतिमा रहने बाटो खुला गर्ने विषयमा चर्को विरोध गरेका थिए । नाभिल्नीमाथि यसअघि पनि आक्रमण हुँदै आएको थियो। सन् २०१७ मा पनि उनको आँखामा केमिकल हानिएको थियो । -बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु