Information is intelligence
HomeNewsकाठमाडाैं उपत्यकामा २ सयसहित देशभर थपिए ७ सय ७ संक्रमित

काठमाडाैं उपत्यकामा २ सयसहित देशभर थपिए ७ सय ७ संक्रमित

- Advertisement -spot_img

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्। साथै बिहीबार देशभरबाट २ सय जना संक्रमित डिस्चार्ज २ सय ६३ भएका छन्। आज काठमाडौं उपत्यकामा २ सय संक्रमित भेटिएका छन्।

आज देशभर ११ हजार ५ सय ५५ जना स‌क्रिय संक्रमित रहेका गाैतमले जानकारी दिए।  १७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन्। काठमाडाैंमा मात्रै आज १ सय ७४ संक्रमित भेटिएका हुन्। त्यसैगरी ललितपुरमा १८ जना भेटिएका छन्। त्यसैगरी भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु