Information is intelligence
HomePoliticsअदालतद्वारा ५५ प्रतिशत मुद्दा फर्छ्याैट

अदालतद्वारा ५५ प्रतिशत मुद्दा फर्छ्याैट

- Advertisement -spot_img

स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/७७ मा ५५ प्रतिशत मुद्दा फर्छ्याैट गरेको छ । अदालतले ६७.२७ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड­१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फर्छ्याैट नभएको स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताउछन्  ।

“चैत ९ गतेसम्म ५५.०४ प्रतिशत मुद्दा फर्छ्याैट भइसकेको थियो” स्रेस्तेदार रेग्मीले भने , “लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्याैट हुने अवस्था थियो तर कोभिड­१९ को बन्दाबन्दीका कारण लक्ष्य पनि भेटाउन सकेनौँ ।” अदालतमा आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६/७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये स्याङ्जा जिल्ला अदालतबाट ४७५ वटा मुद्दा फर्छ्याैट भएको स्रेस्तेदार रेग्मीले बताउछन् ।

“आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६/७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये अदालतबाट गत आर्थिक वर्ष २०७६/७७ मा ६६४ वटा मुद्दा फर्छ्याैट गर्ने लक्ष्य रहेको थियो” स्रेस्तेदार रेग्मीले भने , “कोभिड­१९ को बन्दाबन्दीको प्रत्यक्ष असर अदालतमा पनि परेकाले लक्ष्य अनुसार मुद्दा फर्छ्याैट हुन नसकी ५५.५६ प्रतिशत मुद्दा फर्छ्याैट भएको हो ।”

अन्य मुद्दाको तुलनामा स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा सम्बन्धविच्छेदका २३९ वटा मुद्दा दर्ता भएकामध्ये सम्बन्धविच्छेद हुने गरी १९० वटा मुद्दा मिलापत्र भएका छन् । स्रेस्तेदार रेग्मीका अनुसार स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागूऔषध ओसारपसार, जबरजस्ती करणी, अंशवण्डा, मानाचामल, कर्तव्यज्यान, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचविखन, कुटपिट तथा लुटपाटजस्ता मुद्दाहरु दर्ता भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु