Information is intelligence
HomeLife Styleयी हुन् अकबरे खुर्सानी खानुका फाइदाहरू

यी हुन् अकबरे खुर्सानी खानुका फाइदाहरू

- Advertisement -spot_img

नेपालकाे चिनारीकाे रूपमा रहेकाे नेपालमा मात्र पाइने खुर्सानी हाे अकबरे खुर्सानी । विश्वमा अन्य ठाउँमा नपाइने तथा पाए पनि नेपालकाे जस्ताे पिराे नहुने भएकाले यसले नेपालकाे चिनारी पाएकाे छ ।याे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो।

खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ।

अन्य खुर्सानीको तुलनामा अकबरे खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ। जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन।

नेपालबाट विदेश जानेहरू पनि अकबरे खुर्सानीकाे अचारजन्य वस्तुहरू लिएर नै जाने गरेका छन्।
हामिले विभिन्न खाेज तथा अनुसन्धानबाट प्राप्त भएका अकबरे खुर्सानीका फाइदाहरूलार्इ यहाँ प्रस्तुत गरेका छाैँः

  • खाना पचाउन विशेष सहयाेग गर्छ ।
  • माइग्रेनको समस्या समाधानका लागि  अति उत्तम मानिन्छ।
  • नियमित सेवन गर्नाले क्यान्सरका लागि सहयाेग गर्छ ।
  • कोल्ड फ्लुबाट बचाउन  मद्दत पुर्‍याउँछ।
  • हाड जोर्नीमा हुने दुखाइ कम गराउन सहयाेग गर्छ ।
  • कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनँछ ।
  • डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
  • शरीरमा रेड ब्लड सेल बढाउन  मद्दत पुर्‍याउँछ।
  • रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
  • ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
  • पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ।
    -शरिरमा फुर्ति बढाउँछ ।
  • यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ।
  • एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

#akabrekhursani#Lifestyle

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु