Information is intelligence
HomeEconomyयसरी ओइरिए आइपिओमा आवेदन

यसरी ओइरिए आइपिओमा आवेदन

- Advertisement -spot_img

बिहिबारबाट(भदौ ४) आवेदन खुलेका समाज लघुवित्त र रिलायन्स लाइफ इन्सुरेन्स्को आइपिओमा पहिलो दिन नै आक्रामक तरिकाले आवेदन परेका छन्।

समाज लघुवित्त संस्थामा बिहीबार साँझ ५ बजेसम्ममा ५१ हजार ८०० जनाले १३ लाख ९०० कित्ताको लागि आवेदन दिएका छन् । कुल १३ करोड ९ हजार रुपैयाँ बरारको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा १६.१२ गुणा बढी आवेदन हो ।

समाजले बिहीबार (भदौ ४ गते) बाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।  

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओमा पहिलाे दिन २७ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साँझ ४.३० बजेसम्ममा ५५ हजार २८४ जनाले २७ लाख ३० हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५६ लाख ७० हजार कित्ताको ४८.१५ प्रतिशत आवेदन परेको हो ।

 यस इन्सुरेन्सको आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु