Information is intelligence
HomeFact-Check(FACT CHECK) काेराेना खाेपबाट रूसी राष्ट्रपतिकि छाेरीकाे मृत्यु ?

(FACT CHECK) काेराेना खाेपबाट रूसी राष्ट्रपतिकि छाेरीकाे मृत्यु ?

- Advertisement -spot_img

सोशल मिडियामा यो दावी गरिएको छ कि रूसी राष्ट्रपति भ्लादिमीर पुटिनकि छाेरीकाे कोरोना खोपका कारण मृत्यु भएकाे  छ।

११ अगस्टमा पुटिनले घोषणा गरे कि रूसले विश्वको पहिलो कोरोना खोप बनाएको छ। र यो खोप पनि देशमा दर्ता गरिएको छ। भ्लादिमीर पुटिनले यो पनि भने कि उनले खोपको पहिलो इंजेक्शन आफ्नी दुई छोरी मध्ये एक लाई दिएका थिए। र उनी अझ राम्रो महसुस गर्दैछिन्। रूसी राष्ट्रपतिको घोषणा पछि, यस खोप सम्बन्धी धेरै दावीहरू सोशल मिडियामा गरिएका छन्।

साेसल मिडियामा यस्ता समाचारहरू भाइरल भएका छन्

जाँच गरिएकाे तथ्य

फरक फरक किवर्डहरू सर्च गरेपछि पनि हामीले इन्टरनेटमा त्यस्ताे कुनै समाचार फेला पार्न सकेनाैँ ताकि पुटिनकी छोरीको सम्बन्धमा दावी गरिएको छ।
रसियाका राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाटसमेत त्यस्तो कुनै ट्वीट गरिएकाे छैन।

एक भारतीय वेबसाइटमा १२ अगस्त अगस्टमा एउटा खबर छ। जसबाट थाहा हुन्छ कि पुटिनकाे छाेरीलाई खाेप लगाएपचछि उनकाे शरीरकाे तापक्रम १ डिग्री घटेको थियाे तर पछि सामान्य भएकाे थियो। समाचारका अनुसार: राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई दुई डाेज दिएकाे थियाे । डाेज दिएपछि शरीरकाे तापमानमा आएको परिवर्तन रेकर्ड गरिएकाे थियाे ।  पुटिनका अनुसार पहिलो डाेजमा उनको शरीरको तापक्रम 38 डिग्री थियो। जब खोपको दोस्रो डोज दिइयो, तापमान 1 डिग्रीले घट्यो 37  डिग्रीमा झर्याे। तर केही समयपछि तापक्रम विस्तारै बढ्दै गयाे र पछि सामान्य भयाे ।
यीनै तथ्यहरूबाट पत्ता लगाउन सकिन्छ कि पुटिनकी छाेरीकाे बारेमा अाएका हल्लाहरू झुटा हुन् ।

(एजेन्सीको सहयोगमा)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु